काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना औपचारिक रूपमा आजबाट कार्यान्वयनमा जाँदै छ ।एमसीसी परियोजना नेपालमा कार्यान्वयन गर्न नहुने भन्दै गरिएको विरोधका बाबजुद पनि प्रतिनिधि सभाको बैठकले २०७८ फागुन १५ गते कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणा गर्दै एमीसी अनुमोदन गरेको थियो । सोही परियोजनाको कार्यान्वयनका लागि अर्थमन्त्रालय र एमसीसीबीच ‘लेटर अफ एक्सचेन्ज’ हुँदैछ ।

एमसीसीको सम्झौता कार्य–सञ्चालन हेर्ने उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल आइपुगेका छन् । क्यामरुन ३ दिनसम्म नेपालमा रहनेछन् । सेप्टेम्बर अन्तिममा एमसीसी कार्यक्रमको औपचारिक घोषणा हुनेछ । कार्यान्वयनमा प्रवेश गरेको पाँच वर्षभित्र परियोजना सक्नुपर्ने हुन्छ ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय