काठमाडौं । नेकपा एमालेको मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ ।
अधिवेशनका लागि १ हजार २७ जना प्रतिनिधि छनोट भएका छन् । अधिवेशनले २ सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयो ।






