काठमाडौं । नेकपा एमालेले आफ्नो ११औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन तयारी सचिवालयको बैठकले यसबारे जानकारी दिएको हो। बैठकको निर्णय अनुसार महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिनेछ।



प्रचार विभाग प्रमुखको भनाइ ९बाइटको सारांश०स् एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन यही मंसिर २७ गते देखि सुरु हुँदैछ। बैठकमा महाधिवेशन तयारीका लागि गठित १२ वटा समितिले आ–आफ्नो क्षेत्राधिकार भित्र रहेर गरेका काम र बाँकी रहेका कामहरूको विवरण पेश गरेका छन्।
यस्ताछन प्रमुख निर्णयहरु
मूल नारा: महाधिवेशनका लागि ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारा तय गरिएको छ।
लोगो: महाधिवेशनको लोगोबारे छलफल भएको र यसलाई चाँडै अन्तिम रूप दिइने तयारी भइरहेको छ।
दल दर्ता: संवैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगमा दल अद्यावधिक गरिएको र यो नियमित प्रक्रिया भएको जनाइएको छ।
राजनीतिक अडान: एमाले संसद पुनःस्थापनाको पक्षमा रहेको र संवैधानिक सुपरिवेक्षणका लागि निवेदन दिएको गौतमले प्रष्ट पार्नुभयो।
सुरक्षा चिन्ता: सरकार शान्ति सुरक्षाप्रति संवेदनशील नरहेको आरोप लगाउँदै, निर्वाचनमा जानका लागि शान्तिपूर्ण वातावरण बनाउन सरकारसँग माग गरिएको छ।



