प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १४ देखि तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियान चलाउने भएको छ । आज बसेको सचिवालय बैठकले राष्ट्रिय एकताको आधार निर्माण गर्न अभियान चलाउने निर्णय गरेको हो । पहाड समृद्ध नभई मुलुक समृद्ध नहुने भएकाले अभियान चलाउन थालिएको एमालेले जनाएको छ ।

पहाडी क्षेत्रमा विकास र पूर्वाधार पुगिरहेपनि बसाइसराइ बढ्दै गएकाले यो विरोधाभाषलाई अन्त्य गर्न भन्दै एमालेले अभियान घोषणा गरेको हो । अभियानको मंसिर १४ गते झुलाघाटबाट पार्टी अध्यक्ष केपी ओलीले उदघाटन गर्ने तय भएको छ । अभियानका लागि नेता कार्यकर्ता परिचालन गर्न आगामी मंसिर ६ गते केन्द्रीय कमिटीको बैठक पनि एमालेले बोलाएको छ ।

सचिवालय सचिवालय बैठकले माघ मसान्त सम्म गर्ने भनिएको जिल्ला अधिवेशन जेठ मसान्तसम्म गर्ने निर्णय गरेको छ । त्यस्तै एमालेले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने भएको छ । आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक पार्टीले खटाउने सचिवालय बैठकले निर्णय गरेको हो । उनीहरुले हजारौ अस्थायी आवास बनाएर नागरिकहरुलाई न्यानो प्रदान गर्ने एमालेको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय