नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग बेलाबखत असमझदारी हुनु सामान्य भएको बताउनु भएको छ । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग सभापति देउवाले सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको बताउनुभयो । उहाँले कांग्रेसको आग्रहमा ‘टेक एन्ड पे’ को व्यवस्था हटाएपछि बजेट पास भएको बताउनुभयो ।



सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखको संलग्नता अस्वीकार गर्नुभयो । उहाँले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई जोड्नु बेकारको कुरा भएको बताउनुभयो । सभापति देउवाले पार्टीको १५ औँ महाधिवेशन समयमै हुने पनि बताउनुभयो ।



