काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले चन्द्रागिरि नगर पार्टी कमिटीले एसईई उत्तिर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । चन्द्रागिरि नगरपालिका सतुंगलमा आयोजित कार्यक्रममा २०८१ सालको एस.ई.ई. परीक्षामा चन्द्रागिरि नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्तिर्ण भएका १ देखि १५ वटै वडाका विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।




कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले चन्द्रागिरि नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालयबाट एसईई परीक्षामा सफल भएका विद्यार्थीलाइ बधाई दिनुभयो । उहाँले विद्यार्थीहरुलाई उच्च शिक्षाको सफलता र उज्ज्वल भविष्यको कामना गर्दै असफल भएकालाई हतोत्साही नभई अघि बढ्न सुझाव दिनुभयो ।

यस्तै नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउतले विद्यार्थीहरुलाई स्वदेशमै बसेर देशको सेवाभावमा लाग्न आग्रह गर्नुभयो । उहाँले निल आमस्ट्रम जस्ता वैज्ञानिकहरुले आफ्नै देशमा अध्ययन र मेहनत गरेर विश्वसामु देशलाई चिनाउन सफल भएको भन्दै विद्यार्थीहरुलाई स्वदेशमै बसेर आफु र देशलाई चिनाउने काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश इञ्चार्ज राजन भट्टराई, प्रदेश कमिटीका प्रतिनिधि, जिल्ला कमिटीका प्रतिनिधि, नेकपा एमालेबाट निर्वाचित चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।



