काठमाडौं । नेकपा एमाले नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । उहाँको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उहाँ विगत केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित हुनुहुन्थ्यो ।
नेपालको स्वास्थ्य अवस्थामा गम्भीर देखिएपछि केहीदिन अघि अस्पताल भर्ना गरिएको थियो । उहाँलाई सोमबार (हिजो) आईसीयूमा राखिएको थियो ।



उहाँपूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री पनि हुनुभएको थियो । नेपाल नेकपा एमालेको पूर्व स्थायी कमिटी सदस्य समेत हुनुहुन्थ्यो ।



