काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीबारे काठमाडौं जिल्ला अदालतले मंगलबार आदेश जारी गर्दै थप प्रमाण प्रस्तुत गर्न निर्देशन दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले यस विषयमा छलफल गर्दै प्रहरीलाई आवश्यक प्रमाण र आधारहरू पेश गर्नुपर्ने उल्लेख गरेको अदालत स्रोतले जानकारी दिएको छ।

बस्नेतविरुद्ध शोभा पाठकले साइबर ब्यूरोमा उजुरी दर्ता गरेकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले अदालतसमक्ष पक्राउ पुर्जी माग गरेको थियो। तर पर्याप्त प्रमाण नदेखिएको भन्दै अदालतले तत्काल अनुमति नदिई थप प्रमाण पेश गर्न आदेश दिएको हो।

यसैबीच, पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न पीडित परिवारले दिएको जाहेरीबारे प्रहरीले प्रारम्भिक प्रक्रिया अगाडि बढाएको छ। उक्त जाहेरी जाँचबुझ आयोगमा पठाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय