काठमाडौं । नेकपा एमाले पुनर्गठनको सुझाव दिन र आमनिर्वाचनको समीक्षा गर्न गठित कार्यदलको बैठक जारी रहेको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठित कार्यदलको बैठक पार्टी कार्यालय च्यासलमा बसेको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी छन् ।

गत जेठ १० गतेको सचिवालय बैठकबाट १५ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र आठै प्रदेशका इञ्चार्जहरू सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय