काठमाडौं । एरोलिडर्स ट्राभल्स एण्ड टुर्सले नेपालसहित दुबई र अमेरिकाबाट पनि यात्रा तथा पर्यटनसम्बन्धी सेवा उपलब्ध गराउने भएको छ । एरोलिडर्सले दुबईस्थित दिसुदा टुरिजमा एलएलसीमार्फत सेवा विस्तार गरेको हो । दुबईमा आयोजित उद्घाटन कार्यक्रममा ट्राभल्सका अध्यक्ष दिलीप नेपालीले एरोलिडर्सले विगतदेखि नै यात्रु तथा पर्यटकहरूलाई सहज, सुरक्षित र स्मरणीय अनुभव दिने उद्देश्य बोकेको बताउनुभयो ।


अध्यक्ष नेपालीले अब दुबईस्थित डिसुडा टुरिजम एलएलसी मार्फत अझ प्रभावकारी रूपमा सेवा विस्तार गर्न लागेको पनि जानकारी दिनुभयो । यसबाट दुबईमा रहेका नेपाली समुदाय, अन्तर्राष्ट्रिय पर्यटक तथा क्षेत्रीय साझेदारहरूलाई प्रत्यक्ष लाभ पुग्ने अध्यक्ष नेपालीको विश्वास छ । उहाँले दुबईबाट नेपाल र विश्वका विभिन्न देशका गन्तव्यहरूलाई जोड्ने सेतुको रूपमा काम गर्दै यात्रु तथा पर्यटकको सेवामा निरन्तर लागिरहने बताउनुभयो ।

अमेरिकामा बसेर व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय नेपालीले सञ्चालन गरेको ट्राभल्सको नेपाल, दुबई र अमेरिकाको मेरिल्यान्डमा सम्पर्क कार्यालय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय