काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा आज सार्वजनिक गर्दैछ । परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयमा प्राविधिक समस्या नआए २०८० सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन हुने जनाएको हो ।
बोर्डले डेमोमा सफल भएमा आज दिउँसो नतिजा सार्वजनिक गर्ने नभए बिहिबार नतिजा प्रकाशन गर्ने जनाएको छ ।



यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक नल्याउनेलाई नन ग्रेडेड (एनजी) उल्लेख गर्ने भएको छ ।
गत चैत १५ गते सुरुभएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परिक्षार्थी सहभागी भएका थिए ।
एसइई नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ । साथै नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार गर्नुपर्ने छ । एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्ने छ। वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने छ।




