काठमाडौं । १९औं एसियाली खेलकुद (एसियाड) आज समापन हुदैछ ।

एसियाडको सबै खेलको प्रतिस्पर्धा सकिएको छ । औपचारीक समापन कार्यक्रम आज हुदैछ । एसियाडमा ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडी सहभागी थिए । एसियाडमा ४० खेलको ४८३ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । यस पटक एसियाको ४५ राष्ट्र सहभागी भएकोमा ४१ राष्ट्रले पदक जिते ।एसियाडमा आयोजक राष्ट्र चीनले २०१ स्वर्ण जितेको छ । चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनायो । चीनकी पौडीबाट युफेई झाङले सर्वाधिक ६ स्वर्ण जितेकी थिइन् । झाङसहित पाँच स्वर्ण र एक रजत जितेका चीनकै हाइयाङ क्विन १९औं एसियाडको मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित भए । सन् २०१० मा भएको एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो । २०१ स्वर्ण १११ रजत र ७१ कांस्यहसित ३८३ पदक जितेर चिन शीर्ष स्थानमा रह्यो ।

जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो । दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो । भारत २८ स्वर्ण, ३८ रजत ४१ कांस्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो । नेपाल एक रजत र एक कांस्य जित्दै ३३औं स्थानमा रह्यो । साउथ एसियन राष्ट्र भुटान र माल्दिभ्स, यमन र टिमोर लिस्टेले भने कुनै पदक जित्न सकेन । १९औं एसियाडको समापन समारोह चिनियाँ प्रधानमन्त्री लि छ्याङ उपस्थितमा हान्झाउको बिग लोटस स्टेडियममा हुदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय