नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिएअनुसार, भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थितिबारे विस्तृत छलफल भइरहेको छ।
यो भेटवार्ता भदौ २३–२४ को जेनजी आन्दोलनपछि ओली र देउवाबीच पहिलो प्रत्यक्ष बैठक हो। नेताहरुको सचिवालयले यस बैठकलाई औपचारिक रूपमा पुष्टि गरेको छ। स्रोतका अनुसार, बैठकमा वर्तमान राजनीतिक अवस्था, रणनीति, संसदीय र आगामी निर्वाचन योजनाबारे समिक्षा भएको छ। राजनीतिक विश्लेषकहरूले यस भेटवार्ताले दुई पार्टीबीच सहकार्य र समझदारी निर्माणको संकेत दिएको बताएका छन्।






