काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) को बारेमा छलफल गर्न तीन ठूला दलका शीर्ष नेताहरुबीच भेटघाट हुँदैछ । अपरान्ह ४ बजे सिंहदरबारमा हुन लागेको भेटमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुनेछ ।
यही चैत ६ गतेको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिनुभएको थियो ।



यसअघि टीआरसीको विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेल खुमलटार पुग्नुभएको थियो ।
तराई–मधेश जागरण अभियानमा रहनुभएका दाहाल छलफलका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ ।



