नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिकाका–३ मा नेकपा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनमा अध्यक्ष दाहालले गिरिबन्धु टि स्टेट र नक्कली भूटानी शरणार्थी प्रकरण अनुसन्धान सुरु भएपछि आफ्नो सरकार ढालिएको बताउनु भयो । उहाँले आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको बताउनु भयो । उहाँले गिरिबन्धु टि स्टेटमा ओलीले गरेको बद्मासीको पर्दाफास गरेरै छाड्ने घोषणा गर्नुभयो ।



अध्यक्ष दाहालले नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धी खोस्न नदिने प्रतिबद्धता समेत जनाउनु भयो । संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई रहेको बताउनु भयो ।



