काठमाडौं । जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएकामध्ये अहिलेसम्म १ सय २४ जना कैदीबन्दी फिर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले कारागारमा रहेका ४ सय ७९ कैदीबन्दीमध्ये आजमात्र १ सय ३ जनालाई कारागार फिर्ता गरिएको छ । उहाँले २१ जना कैदीबन्दी कारागार नभागी त्यही बसेको र अहिले पनि ३ सय ५५ कैदीबन्दी फरार रहेको जानकारी दिनुभयो ।



कारागारमा ४ सय ५३ पुरुष र २६ महिला गरी ४ सय ७९ कैदीबन्दी थिए । जसमा सबैभन्दा बढी १ सय ६९ जना लागुऔषधसम्बन्धी मुद्दाका थिए ।



