काठमाडौं । कक्षा १२ को परीक्षा आजबाट सुरुभएको छ । बिहान ८ बजेदेखि ११ बजे परीक्षा हुनेछ ।

आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर १ हजार ५ सय ९० र जापानमा एक गरी कुल १ हजार ५ सय ९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । काठमाडौंमा १६२ र मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको छ ।

परीक्षाका लागि त्यत्ति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी संख्याको आधारमा लगभग दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षामा ५ हजार २ सय २ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८ सय ७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९ सय ८ परीक्षार्थी तथा आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना गरी कुल ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय