काठमाडौं । काठमाडौं महानगरपालिका–७ र बूढानीलकण्ठ नगरपालिकाबीचको कपन खोलामाथि बनाइएको स्ल्याब हटाउन खोज्दा तनाव भएको छ । खोलामाथिको स्ल्याब महानगरले भत्काउन खोजेपछि बूढानीलकण्ठ नगरपालिका १० का वडाअध्यक्ष नवराज भट्टराई नेतृत्वको समूहबीच भनाभन भएको हो । वडाध्यक्ष भट्टराई काठमाडौं महानगरको डोजरसहितको टोली रोक्ने प्रयास गरेको हो ।

सो क्रममा वडाध्यक्ष भट्टराईलाई महानगर प्रहरीले लछारपछार गरेको थियो । वडाअध्यक्ष भट्टराईले दुई नगरबीच समन्वय आवश्यक रहेको बताउँदा बताउँदै आफूलाई महानगरप्रहरीले दुब्र्यवहार गरेको बताएका छन । बूढानिलकण्ठ १० का अध्यक्ष भट्टराईमाथि कपन खोलामाथि घर बनाएको आरोप लाग्दै आएको छ ।

विवाद बढ्दै गएपछि नेपाल प्रहरीको टोलीले हस्तक्षेप गरेर डोजरको चावी नियन्त्रणमा लिएको छ । विवादपछि अहिले काठमाडौं ७ का वडाध्यक्ष विमल होडा र बुढानिलकण्ठका जनप्रतिनिधिविच वार्ता अघि बढेको छ । सो क्षेत्रमा खोलाको बहाव खुम्च्याएर अतिक्रमण गरेका कारण बर्षेनी डुवानको समस्या आउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय