काठमाडौं । अवरुद्ध पृथ्वी राजमार्ग करिब १३ घण्टा पछि पुनः संञ्चालनमा आएको छ । हिजो बिहान करिब सवा दश बजे थाक्रे गाउँपालिकास्थित वडा नम्वर ७ सोप्याङ खोलामा पुलको एकातिरको भाग भासिएपछि राजमार्गमा सवारी आवगमन दुबैतर्फ ठप्प भएको थियो ।

स्तरोन्नतीसहित निर्माणधीन अवस्थामा रहेको स्थानमा पुलको एकतर्फको भागमा भ्वाङ परेपछि राजमार्ग अवरुद्ध भएको हो ।

भासिएको स्थानमा ग्याविन जाली भरेर गएराती करिब १२ बजेतिर सडक एकातर्फ सञ्चालनमा ल्याइएको नागगढुंगा–मुग्लीन सडक आयोजना पूर्वी खण्डले जनाएको छ ।
नयाँ पुल निर्माणको क्रममा पुरानो सञ्चालनमा रहेको पुलको जिप भासिन पुग्दा सो स्थानमा सवारी बन्द भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय