काठमाडौं । गायक कर्णराज गिरी र गायिका एलिना चौहानको आवाजमा रहेको गीत ‘मनमा फूल्ने माया’ सार्वजनिक भएको छ । सन्तोषजंग थापाको शब्द, मनोज डंगोलको संगीत रहेको गीतमा मनोज डंगोलको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ ।
गीतको भिडियोमा राज आरएस कार्की र एलिसा न्यौपानेको अभिनय छ । भिडियोमा राज र एलिसाले एकअर्कालाई गर्ने मायाको कथा देखाइएको छ । सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोमा राज र एलिसाको जोडी निकै सुहाउँदो देखिएको छ ।



निराजन केसीको क्यामरा, ड्रोन, सम्पादन, कलर, अनिताको मेकअप, हेमन्त लामिछानेको कोरियोग्राफी तथा जगत रेग्मीको निर्देशन छ । गीतको प्रस्तुतकर्ता हरि शर्मा हुन् ।



