सुर्खेत, साउन १३ — कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। नेपालको संविधानबमोजिम नियुक्त हुनुभएका मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखसमक्ष शपथ लिनुभएको हो।
शपथ ग्रहण समारोहमा प्रदेश सरकारका मन्त्री, सांसद तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। मुख्यमन्त्री शाहीले संविधानको मर्मअनुसार प्रदेशको विकास, सुशासन र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।






