कर्णाली । कर्णाली प्रदेशमा ११ अर्ब ५० करोड रुपैयाँ बराबर १६ हजार विपद् जोखिम घरहरुको प्राकृतिक विपद् बिमा गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेत वीरेन्द्रनगरमा ‘घर बिमा शुभारम्भ कार्यक्रममार्फत पहिलो चरणमा १५ स्थानीय तहका २१३ वडाका १६ हजार ७२ घरको विपद् बिमा भएको जानकारी गराएको हो ।
कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तहसँगको सहकार्यमा बीमा कम्पनीले घरको मूल्याङ्कन गरी गत असार २५ गतेभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित विवरण पठाइएका १५ स्थानीय तहका १६ हजार ७२ घरको घरलाई बिमा योजनामा समावेश गरिएको बताउनुभयो ।



मुख्यमन्त्री कँडेलले घर बिमा जस्तै प्रदेशमा कृषि, पशुु बिमा कार्यक्रम प्रभावकारी सञ्चालनको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।



