काठमाडौं । दैलेखमा यात्रुबाहक बस कर्णाली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी छ ।

घटना स्थलमा कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको नम्बर प्लेट भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै एक जनाको शव फेला परेको छ ।

दुर्घटनाग्रस्त भएर कर्णाली नदीमा खसेको बसमा कति जना यात्रु सवार थिए भन्ने विवरण अझै खुल्न सकेको छैन ।

उद्धार टोली घटनास्थलमा परिचालित भएको र अन्य यात्रुको खोजी र उद्धार कार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय