काठमाडौं । कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । जेठ ४ गते बसेको कर्णाली प्रदेश सरकारले दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही सिफारिसका आधारमा प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशनको आह्वान गर्नुभएको हो । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम, त्यसको सिद्धान्त तथा उद्देश्यमा रहेर बैठकमा छलफल हुने भएको छ ।

कर्णालीको हिँउदे अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो भने दोस्रो अधिवेशन दिउँसो ३ः०० बजे बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय