काठमाडौं । भ्रष्टाचारसम्बन्धी मुद्दामा ७ जना कर्मचारी निलम्बनमा परेपछि बुढीगंगा नगरपालिकाको दैनिक सेवा प्रवाह प्रभावित बनेको छ।

कर्मचारी अभावका कारण नगरपालिकाबाट प्रदान हुँदै आएका प्रशासनिक तथा सार्वजनिक सेवाहरू ठप्प जस्तै हुन पुगेको छ । निलम्बनमा परेका कर्मचारीहरू विभिन्न शाखामा कार्यरत रहेकाले सेवा सञ्चालनमा प्रत्यक्ष असर परेको नगरपालिकाले जनाएको छ। सेवाग्राहीहरू सामान्य कामका लागि पनि लामो समय कुर्न बाध्य भएका छन् भने कतिपय सेवा अस्थायी रूपमा बन्द गर्नुपरेको अवस्था छ।

नगरपालिकाले समस्या समाधानका लागि वैकल्पिक व्यवस्थाको प्रयास भइरहेको जनाएको छ । यद्यपि निलम्बनको प्रक्रिया टुंगो नलागेसम्म सेवा प्रवाह सहज हुन केही समय लाग्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय