काठमाडौँ — कलंकी क्षेत्रमा मंगलबार प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ। यस घटनामा २१ जनाको मृत्यु भएको छ भने थप घाइतेहरूको संख्या अझै पुष्टि हुन बाँकी छ।
स्थानीयका अनुसार प्रदर्शनकारीहरूले सडक, सरकारी कार्यालय र अन्य सार्वजनिक संरचनामा आगजनी र तोडफोड गरेका थिए। प्रहरीले स्थिति नियन्त्रण गर्न गोली प्रहार गरेको बताइएको छ।






