काठमाडौं । चन्द्रागिरिको बलम्बुमा बनिरहेको फ्लाइओभरको काम लगभग अन्तिम चरणमा पुगेको छ ।




कलंकी–नागढुंगा सडक खण्ड अन्तर्गत मूल सडकको बीच लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज (फ्लाइओभर) मा अहिले धमाधम कालोपत्रेको काम भइरहेको छ । यो फलाइओभरले धादिङ तर्फको सिस्नेखोला र चन्द्रागिरिको टोटीपाखाको पहुँचलाई कलंकी–नागढुंगा सडकसँग जोड्नेछ ।

यो फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्याम्प बनाइएको छ भने पहुँच मार्गतर्फ २१० मिटरको र्याम्प तयार गरिएको छ ।





