काठमाडौं । चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो दुई महिनामा पूर्वीनाका काँकरभिट्टाबाट ८ अर्ब १९ करोड १ लाख मूल्य बराबरको सामान आयात भएको छ । गत आ.व. २०८१-८२ को सोही अवधिको तुलनामा ९ प्रतिशत अर्थात ६८ करोड ८ लाख बढीले बृद्धि भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले गत आ.व.मा ७ अर्ब ५० करोड ९२ लाख रुपैयाँ बराबरको सामान आयात भएको जनाउनु भयो । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आ.व.को २ महिनामा ३ अर्ब ६ करोड ३७ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आ.व.को सोही अवधिमा ३ अर्ब ८६ करोड २८ लाखको सामान निर्यात भएको थियो । उक्त निर्यात २० दशमलव ६९ प्रतिशतले घटेको छ ।



चालु आ.व. २०८२-०८३ को पहिलो २ महिनामा आयात निर्यातबाट २ अर्ब ६२ करोड ९५ लाख १८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । जुन गत आ.व. २०८१-०८२ को सोही अवधिको तुलनामा ८ दशमलव ६२ प्रतिशत अर्थात् २० करोड ८६ लाख ९ हजार रुपैयाँ बढी छ ।



