नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले काँग्रेस बिनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन् । पार्टीको मेची—महाकाली समाजवादी जागरण अभियानका क्रममा बुधबार जनकपुरधाम पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले अहिलेको संरचना र शक्ति सन्तुलन मिलाउन कँग्रेस अपरिहार्य भएको बताएका हुन् ।



उनले प्रधानमन्त्री को बन्ने भनेर कसैले मुख मिठ्याउन आवश्यक नरहेको जिकिर समेत गरे । सरकारले केही राम्रा काम गर्न खोजेपनि पर्याप्त नभएको उनको भनाइ छ ।अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पार्दै काँग्रेस र एकीकृत समाजवादी यही सरकारको पक्षमा रहेको पनि बताए ।



