काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरु सामूहिक राजीनामा दिने विषयमा छलफलमा जुटेका छन् । मन्त्री निवास भैसेपाटीमा मन्त्रीहरुले छलफल गरिरहेका छन् । कृषी मन्त्री रामनाथ अधिकारीले भने राजीनामा दिइसकेका छन् । अरु मन्त्रीहरुले स्वास्थ्यमन्त्री प्रदीप पौडेल निवासमा छलफल गरेका हुन् । पार्टीले नै निर्णय गरे सहज हुुने विषयमा पनि कुरा उठेको स्रोतले बतायो ।
कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापाले सरकारको समर्थन छोड्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
यस्तैगरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सबै सांदहरुले राजीनामा दिने तयारी गरेका छन् । जेनजी आन्दोलनमाथि सोमबार सरकारले निर्मम दमन गरेपछि अहिले देशभर सरकार विरुद्ध प्रदर्नशन भइरहेको छ । रास्वपाले भने आन्दोलनको पछिल्लो माग अनुसार सबै सांसदको राजीनामाको तयारी गरेको हो । रास्वपाले जेनजीको आन्दोलनलाई सर्मथन समेत जनाएको छ । रास्वपा मंगलबार सिंहदरबारमा बोलाइएको विपक्षी दलको बैठक समेत बहिस्कार गरेको थियो ।






