अन्ततः नेपालको सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली कांग्रेस फेर एकपटक फुटेको छ । ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिले आह्वान गरेको विशेष महाधिवेशनको संस्थापन पक्षले अपनत्व नलिँदा कांग्रेस विभाजन भएको हो । यसँगै अब कांग्रेसमा आधिकारिकताको लडाईं सुरु भएको छ । निर्वाचनको मुखमा पार्टी विभाजन हुँदा यसले कांग्रेसलाई त अवश्य क्षति गर्नेछ, लोकतान्त्रिक पार्टीको विग्रहले मुलुकलाई समेत क्षति पुग्ने कतिपयको अनुमान छ । त्यसो त कांग्रेस विगतमा पनि फुट र विभाजनको विरासत बोकेर आएको पार्टी हो । एकपटक कांग्रेसको गुटगत विवाद र फुटको इतिहास हेरौँ ।



नेपाली कांग्रेसले विभिन्न समयमा भएका ठूला राजनीतिक आन्दोलन र परिवर्तनबाट लोकतन्त्रलाई बलियो बनाउन जुन भूमिका खेलेको छ, त्यो भूमिकासँगै पार्टीभित्रको गुटलाई पनि सँधै जीवन्त र बलियो बनाइरहेको छ । सिंगो पार्टी बलियो बन्दा व्यवस्था परिवर्तन गरेको कांग्रेसले गुट बलियो हुँदा विभाजनको चोट खेपिरहेको छ ।
कांग्रेसको गुट र फुटको इतिहास
- वि.सं. २००३ माघ १२ र १३ गते भारतको कलकत्ता, भवानीपुरस्थित खालसा हाइस्कूलमा राष्ट्रिय कांग्रेसको पहिलो महाधिवेशन । सो महाधिवेशनबाट जेलमा रहेका टंकप्रसाद आचार्य सभापति र बीपी कोइराला कार्यबाहक सभापतिमा निर्वाचित भएसँगै गुटको विजारोपण ।
- वि.सं. २००४ माघ २० देखि २२ गतेसम्म भारतको बनारसमै कांग्रेसको दोस्रो महाधिवेशन । हिरासतमै रहेका बीपी सभापतिमा निर्वाचित । कोइराला रिहा नभएसम्मका लागि डा. डिल्लीरमण रेग्मीलाई कार्यबाहक सभापतिको जिम्मेवारी ।
- वि.सं. २००४ भदौमा कोइराला जेलमुक्त तर रेग्मीबाट नेतृत्व हस्तान्तरण गर्न अस्वीकार । बीपीबाट २००४ असोज २८ मा आफू कार्यवाहक सभापति भएको घोषणा ।
- त्यसलगत्तै रेग्मीले जेलमा रहेका टंकप्रसाद आचार्यलाई सभापतिबाट बर्खास्त गर्दै आफैँ सभापति भएको घोषणा गरेपछि नेपाली राष्ट्रिय कांग्रेसमा फुट ।
- नेपालमा राणाविरोधी गतिविधि चलिरहेका बेला कांग्रेसको तेस्रो महाधिवेशन वि.सं. २००५ साल फागुन १८ गते भारत बिहारको दरभङ्गामा सम्पन्न । अघिल्लो महाधिवेशनले सभापति निर्वाचित गरे पनि हिरासतै रहेको भन्दै बीपीको स्थानमा उहाँका दाई मातृका कोइराला कार्यवाहक सभापति चयन ।
- वि.सं. २००६ चैत १४ गते नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका सभापति महेन्द्रविक्रम शाहबीच पार्टी एकीकरणको सहमति । चैत २७ गते कलकत्ताको एकीकरण महाधिवेशनले पार्टीको नाम नेपाली कांग्रेस र सभापतिमा मातृका कोइराला चयन । बीपीलाई सभापति बनाउने गणेशमान सिंहको प्रस्तावमा महावीरशमशेरको आपत्ति । एकता अधिवेशनमा रेग्मी समूह अनुपस्थित ।
मातृका–बीपी द्वन्द्वले फुटतर्फ
- वि.सं. २००७ सालमा प्रजातन्त्र आएपछि कांग्रेसको नेतृत्व गरेका बीपी सरकारमा सामेल ।
- बीपीले गृहमन्त्रीबाट राजीनामा दिएपछि सरकार विघठन ।
- वि.सं. २००८ मंसिर १ मा मातृका कोइराला प्रधानमन्त्री नियुक्त ।
- एउटै व्यक्ति प्रधानमन्त्री र कांग्रेस सभापति बन्न नहुने बीपी पक्षको असन्तुष्टि र दबाब
- वि.सं. २००९ जेठमा जनकपुरमा सम्पन्न पाँचौं महाधिवेशनबाट बीपी सभापतिमा निर्वाचित, मातृकालाई सरकारबाट बाहिरिन निर्देशन ।
- २००९ साउन १० गते मातृकासहित नारदमुनि थुलुङ, महावीरशमशेर र महेन्द्रविक्रम शाहद्वारा केन्द्रीय कार्यसमितिबाट राजीनामा ।
- लगत्तै पार्टीबाट कारबाही र निष्कासन गरेपछि कांग्रेस विभाजित ।
- भद्रकाली मिश्रको ‘जन कांग्रेस’, बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्माको ‘नेपाली कांग्रेस वामपन्थी’ र मातृकाको ‘राष्ट्रिय प्रजा पार्टी’ स्थापना ।
- गणेशमानसँगको प्रतिस्पर्धामा सुवर्णलाई बीपीको साथ ।
- २०१२ माघ १०–१२ वीरगञ्जमा भएको नेपाली कांग्रेसको छैटौँ महाधिवेशनमा सुवर्णशमशेर र गणेशमान सिंहबीच सभापतिका लागि प्रतिस्पर्धा ।
- सुवर्णशमशेर बीपीको साथ पाएर सभापतिमा निर्वाचित ।
- यही महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश ।
- २०१५ को निर्वाचनमा राजा महेन्द्रले कांग्रेसलाई सहभागी नगराउने देखेपछि कांग्रेसद्वारा भद्र अवज्ञा आन्दोलन ।
- निर्वाचनमा होमिने निश्चित भएपछि २०१४ सालमा सभापति शुवर्णसमशेरकै आग्रहमा पहिलो विशेष महाधिवेशन, सभापतिमा बीपी कोइराला चयन ।
- २०१५ सालको आम निर्वाचनमा दुई तिहाईभन्दा बढी सिटमा कांग्रेस निर्वाचित ।
- २०१७ मा राजा महेन्द्रद्वारा जननिर्वाचित सरकार अपदस्थ गरेर प्रधानमन्त्री बीपीलाई गिरफ्तार ।
- पञ्चायतकालको ३० वर्ष कांग्रेस भूमिगत, तर गुटगत संघर्ष जारी ।
- २०३४ सालमा पटनामा भएको सम्मेलनमा बीपीद्वारा कृष्णप्रसाद भट्टराईलाई कार्यवाह सभापतिको जिम्मेवारी प्रदान ।
- बीपीको निधनपछि २०३९ सालमा पुनः कार्यवाहक सभापति भएका भट्टराई २०४८ सालमा भएको ८औँ महाधिवेशनबाट सभापति निर्वाचित ।
- २०४८ सालको निर्वाचनमा गुटकै अन्तरघातका कारण भट्टराई पराजित, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री ।
- गिरिजाको उदय, भट्टराई पक्षको अवसान २०५३ वैशाख २६–२८ मा काठमाडौँमा भएको नवौँ अधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति चयन।
- कोइरालासँग रुष्ट रहेका गणेशमान सिंहले पार्टी छाडिसकेको अवस्थामा तीव्र गुटगत प्रतिस्पर्धा ।
- २०५७मा भएको १० औँ महाधिवेशनमा गुट फेरेर शेरबहादुर देउवाद्वारा सभापतिमा प्रतिस्पर्धा, तर गिरिजाप्रसाद कोइराला नै निर्वाचित ।
गिरिजाको उदय, भट्टराई पक्षको अवसान
- २०५३ वैशाख २६–२८ मा काठमाडौँमा भएको नवौँ अधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति चयन। कोइरालासँग रुष्ट रहेका गणेशमान सिंहले पार्टी छाडिसकेको अवस्थामा तीव्र गुटगत प्रतिस्पर्धा ।
- २०५७ मा भएको १०औँ महाधिवेशनमा गुट फेरेर शेरबहादुर देउवाद्वारा सभापतिमा प्रतिस्पर्धा, तर गिरिजाप्रसाद कोइराला नै निर्वाचित ।
देउवाको विद्रोह, पार्टी फुट
पार्टीभित्र गिरिजाको एकाधिकार स्थापित हुन थालेपछि ०५९ सालमा कांग्रेस पुनः विभाजित । शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) स्थापना । २०६४ असोजमा कोइराला र देउवा नेतृत्वको पार्टी एकीकरण भयो, कोइराला सभापति, देउवा वरिष्ठ नेता । त्यसयता कांग्रेसमा कोइराला र देउवापक्षका दुई गुट २०७२ को १३औँ महाधिवेशनसम्म कायम । १३औँ महाधिवेशनसम्म संस्थापन पक्षका रुपमा रहेको कोइरालापक्ष विभाजित । तेस्रो धार बनाउने कृष्ण सिटौलाको प्रयास, सिटौला सभापति, गगन थापा महामन्त्रीको उम्मेदवार, तर रामचन्द्र पौडेललाई हराउँदै सभापतिमा शेरबहादुर देउवा तथा महामन्त्रीमा कोइराला समूहका शशांक कोइराला निर्वाचित । १४औँ महाधिवेशनमा गुटमा अदलीबदली, रामचन्द्र पौडेल, कृष्ण सिटौला, शशांक कोइरालालगायत देउवा गुटमा । कोइराला गुटको प्रतिनिधित्व गर्दै शेखर कोइराला सभापति र गगन महामन्त्रीका उम्मेदवार । देउवा गुटका विमलेन्द्र निधि र संस्थापन गुटका प्रकाशमान सिंह लगायतको छुट्टै गुट बनाउने प्रयास, तर असफल ।
जेनजी आन्दोलन, गगनको विद्रोह



