काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आजका लागि पेशी तोकिएको छ ।

देउवा समूहले गगन थापा समूहलाई आयोगले आधिकारिकता दिएको भन्दै आइतबार सर्वोच्चमा रिट दायर गरेको थियो । रिट दर्तासँगै सर्वोच्च प्रशासनले रिटको पेशी आजको लागि तोकेको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराउनुभएको छ । रिटको पेशी आइतबारका लागि नै तोक्नका लागि आग्रह गरे‍को भएपनि सर्वोच्च प्रशासनले सम्भव नभएको जानकारी दिएको थियो ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद शुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय