काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबैलाई छलफलका लागि बोलाउनु भएको छ । सभापति देउवाले कांग्रेसतर्फका मन्त्रीहरूलाई बूढानीलकण्ठस्थित आफ्नै निवासमा छलफलका लागि बोलाउनु भएको हो ।
मन्त्रीहरुले ६ महिनामा गरेको कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न देउवाले उहाँहरुलाई आफ्नो निवासमा बोलाउनु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।



सरकारमा कांग्रेसतर्फबाट आठ मन्त्री छन् । उहाँहरूको कामका विषयमा जनगुनासो बढ्न थालेपछि देउवाले छलफलका लागि बोलाउनु भएको हो ।



