नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसमा अन्धकार भन्ने रोग लागेको बताउनु भएको छ । धनगढीमा आयोजित प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनमा देउवाले कांग्रेसमा लागेको अन्धकार भन्ने रोगलाई सदाका लागि निर्मूल पार्न आवश्यक रहेको बताउनु भएको हो ।

उहाँले भन्नुहुन्छ, ‘पार्टीमा लडाइ हुन्छ । भोट हाल्दा एक भएर कांग्रेसमै भोट हाल्न सकेको भएपार्टी अगाडि बढ्ने थियो । यसको सुरुवात सुदूरपश्चिमबाटै हुनुपर्छ ।’

देउवाले संविधानमा भएको समानुपातिक व्यवस्थाले कुनै पनि दलको बहुमत आउने स्थिति नभएको उल्लेख गर्नुभयो । उहाँले समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले कुनै पनि पार्टीले बहुमत ल्याउने अवस्था नरहेको हुँदा गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय