काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयलय सूचना जारी गर्दै आइतबार दिउँसो एक बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी दिएको हो ।

ललितपुरस्थित बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकको मुख्य एजेण्डा समानुपातिक सांसद छनोट रहेको छ । निर्वाघन अघि आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरुमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्यहरुको नाम अन्तिम छनोट गरी आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय