काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले चन्द्रागिरि नगरपालिका वडा नं. ९ स्थित मत्स्यनारायण मन्दिरमा दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । पुरुषोत्तम महिनामा भगवान विष्णुको विशेष आधारधना गर्ने धार्मिक परम्परा अनुरुप थापाले मत्स्यनारायणको दर्शन गर्नुभएको हो ।

मत्स्यनारायणको दर्शनपछि सभापति थापाले काठमाडौंबाट यति नजिक रहेको तीर्थस्थलमा आफू पहिलो पटक आएको बताउँदै देशमा सुख, शान्ति तथा नागरिकहरुको कल्याणको कामना गर्नुभएको थियो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, कांग्रेस नेता राजनकुमार केसी लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि सभापति थापासँगै मत्स्यनारायण मन्दिरमा पूजा अर्चना गरेका थिए ।
जेठ एक गतेदेखि पुरुषोत्तम महिना (मलमास)को अवसरमा मत्स्यनारायण मन्दिरमा एक महिने विशेष मेला लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय