काठमाडौँको बौद्ध क्षेत्रमा चैत्र पूर्णिमाको अवसरमा तामाङ समुदायले तेमाल जात्रा श्रद्धापूर्वक मनाएको छ। यो जात्रा तामाङ समुदायको धार्मिक र सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो र बौद्ध, स्वयम्भू तथा नमोबुद्ध क्षेत्रमा विशेष रूपमा मनाइन्छ। परम्पराअनुसार जात्रा काभ्रेको तेमाल क्षेत्रबाट सुरु हुने गरेको छ। यस अवसरमा श्रद्धालुहरूले दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै बत्ती बाल्ने, ‘ङो’ पूजा गर्ने र लामा गुरुहरूको नेतृत्वमा ‘ङोवा मोन्लम’ पूजापाठ सम्पन्न गर्ने गर्दछन्।

तामाङ संस्कारअनुसार परिवारमा मृत्यु भएका व्यक्तिको अस्तु सुरक्षित राखेर पूजा गर्ने चलन छ। चैत्र पूर्णिमाको दिन बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा पूजाअर्चना गर्ने प्रचलन रहेको छ। यसरी पूजा गरेमा मृतकको आत्माले शान्ति पाउने र स्वर्ग जाने विश्वास गरिएको छ। जात्रामा देशका विभिन्न जिल्लाबाट आएका तामाङ समुदायका मानिसहरू सहभागि हुन्छन्। चैत्र पूर्णिमाको बिहान स्नान र पूजाअर्चना पछि जात्रा समापन हुने परम्परा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय