काठमाडौँ – चन्द्रागिरि नगरपालिकाले बुधबार काठमाडौं जिल्ला क्षेत्र नं ९ र १० बाट प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूलाई सम्मान गरेको छ। कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी उपस्थित थिए।

यस अवसरमा सांसद डोलप्रसाद अर्याल क्षेत्र नं ९, प्रदीप विष्ट क्षेत्र नं १० र समानुपातिक सांसद भूमिका श्रेष्ठ लाई सम्मान गरिएको छ। नगरपालिकाले सांसदहरूलाई स्थानीय विकास, जनसेवा र सामाजिक क्षेत्रमा योगदान दिन शुभकामना व्यक्त गरेको छ।

चन्द्रागिरि नगरपालिका आफैँ काठमाडौँ क्षेत्र नं ९ र १० भित्र पर्छ, जसले गर्दा यहाँका सांसदहरू स्थानीय आवश्यकता र विकासका योजनाहरूमा सक्रिय भूमिका निर्वाह गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय