फागुन २१ मा हुने निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ९, विशेषगरी नागार्जुन–७ मा चुनावी गतिविधि जोरसँग बढेको छ। गल्ली, चोक र चिया पसलहरूमा युवादेखि वृद्धसम्म सबैको चर्चा एउटै छस् “यो पटक कसलाई भोट दिनेरु” क्षेत्रभरि नेपाली कांग्रेसकी उम्मेदवार नानु बास्तोला, माओवादीका माइला लामा, रास्वपाका डीपी अर्याल, नेकपा एमालेका डा। अजयक्रान्ति शाक्य र राष्ट्रिय जनमोर्चाका रोशन दानी घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। दलका झन्डा बोकेको गाडी र सांगीतिक तालसहितको अभियानले क्षेत्रलाई उत्सवमय बनाएको छ।
मतदाताका मुख्य प्रश्न



उम्मेदवारहरू घरदैलोमा पुग्दा मतदाताले प्रायः तीन प्रकारका प्रश्न सोधिरहेका छन्
भोट माग्न मात्र आउनुहुन्छ कि विजयी भएपछि पनि फर्केर आउनुहुन्छ ?
ठूला आश्वासन भन्दा व्यवहारिक काम गर्ने हो कि होइन ?
स्थानीय विकास र बेरोजगारी समाधानका योजनाहरू के छन् ?
नागार्जुन–७ का ७२ वर्षीय ठाकुर पुरीले बास्तोलालाई भने, “भोट माग्न त आउनुभयो, पछि पनि आउनुहुन्छ किरु ठूला आश्वासन मात्र नदिइ वास्तविक काम गर्नुहोस्।”
यसको जवाफमा बास्तोलाले आफू सानैदेखि क्षेत्रसँग नजिक रहेको र चुनावपछि पनि यहाँ बारम्बार फर्कने वाचा गरिन्।
उम्मेदवारहरूको प्रतिबद्धता
डीपी अर्याल (रास्वपा): क्षेत्रको पहिलो पटक उम्मेदवार भए पनि जितेपछि २१ दिनभित्र सबै मतदातासँग भेट्ने योजना सुनाए।
माइला लामा (माओवादी): आफू यही माटोको मान्छे भएको र विजयी भएपछि पनि जनताको सेवामा समर्पित रहने कसम खाए।
डा। अजयक्रान्ति शाक्य (एमाले): विगत २०७४ मा पनि यही क्षेत्रबाट उम्मेदवार भएको अनुभव साझा गर्दै क्षेत्रसँग सधैँ नजिक रहने बताए।
मतदाताहरूले उम्मेदवारहरूलाई केवल चुनावका बेला होइन, चुनावपछि पनि उपस्थित रहिरहने र भरोसा योग्य नेताका रूपमा हेर्ने इच्छा व्यक्त गरेका छन्।
क्षेत्रीय प्रतिक्रिया
नागार्जुन–७ का मतदाताहरूले भने, “हामीलाई ठूला महल वा ठूला आश्वासन चाहिँदैन। सुख-दुःखमा साथ दिने, काम गर्ने र जितेपछि पनि फर्कने नेता चाहिएको छ।”
यसरी मतदाता र उम्मेदवारबीचको संवादले चुनावी माहोललाई उत्साहपूर्ण र जीवन्त बनाएको छ।



