काठमाडौँ,काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं लामो समयपछि कार्यालय पुगेका छन्। महानगरका उपमेयर सुनिता डंगोल तथा कर्मचारीहरूको उपस्थितिमा उनले औपचारिक रूपमा हाजिर गरेका हुन्।महानगरमा साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हुँदा कर्मचारीहरूले तलब पाएका थिएनन्। यसअघि कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच विवाद उत्पन्न भएको थियो।
महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको थियो। तर, कर्मचारीहरूले ताला खोलेर गुरागाईंलाई कार्यालय प्रवेश गराएका छन्। मेयर शाहले गत पुस ७ गते गुरागाईंलाई बिदामा राख्ने निर्णय गरेका थिए, जसलाई लिएर महानगरमा असमझदारी देखिएको थियो। यस घटनाले महानगरको प्रशासनिक व्यवस्थापनमा देखिएको विवादलाई थप उजागर गरेको छ।






