काठमाडौं । काठमाडौं जिल्लाका ११ वटै पालिकालाई समेटिएर फुटबल आयोजना हुने भएको छ । काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा हुन लागेको फुटबलमा काठमाडौंका ११ वटै पालिकालाई समेटेर प्रतियोगिता हुन लागेको हो ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाईकृष्ण बलामीले फुटबलको विकास र विस्तारमा टेवा पुर्याउने उद्देश्यले काठमाडौंका ११ वटै पालिकालाई समेटेर अन्तर पालिका प्रतियोगिता आयोजना गर्न लागेको बताउनु भयो । उहाँले २०८१ चैत २ गतेदेखि चैत ९ गतेसम्म हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा प्रतियोगिता हुने जनाउनु भयो ।



प्रतियोगिताका विजेता टोलीले दुई लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिता सशस्त्र प्रहरी बल, अखिल नेपाल फुटबल संघ (एन्फा) र काठमाडौं जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोग संचालन गरिने छ ।




