काठमाडौं- आईतबार देखि काठमाडौंको टुँडिखेलमा माघी महोत्सव शुरु हुँदैछ । आइतबार र सोमबार दुई दिने महोत्सव हुने थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले जनाएको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाले भोलि उद्घाटन गर्ने कार्यक्रम छ र यस वर्ष ‘थारु संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघि महोत्सव गर्न लागिएको छ ।

महोत्सव अन्तरगत आज टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ। दुइदिने महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, मुग्रंहवालगायत प्रस्तुतहुने हुनेछन । २० भन्दा बढी थारु संघ–संस्थाहरुको संयुक्त आयोजनामा हुने महोत्सवमा थारु खानपिन÷परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायत करिब १०० भन्दा बढी स्टल रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय