काठमाडौं । दाङको शिवखोलामा यात्रुबाहक बस दुर्घटना भएको छ ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ख–०३६२ नम्बरको यात्रुवाहक बस बिहान दाङको शिवखोलामा दुर्घटना भएको हो । दुर्घटनामा २५ जना घाइते भएका छन् । बसमा ४५ जना सवार थिए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ शिवखोलामा बस दुर्घटना भएको हो । घाइतेमध्ये ६ जना लमही, ११ जना कोहलपुर र ५ जनाको सैनिक अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

बस चालकलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय