काठमाडौं लगायत तराईका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । तराइका जिल्लाहरुमा भुक्मपन आउने बितिकै घरमा सुतिरहेका,बसिरहेका,कलेज,स्कुलमा पढिरहेका बिद्यार्थीहरुको भागा भाग भएको थियो ।
भुकम्पको धक्का सिरहा धनुषा,महोत्तरी ,सप्तरी, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ ।
भुकम्पको केन्द्रबिन्दु सोलुको लोबुचेभन्दा ९० किमी उत्तरपूर्वमा छ। ७.० म्याग्निच्युडको गएको हो पूर्वी पहाडतिर भूकम्पले क्षति पुर्याएको अनुमान गरिएको छ ।






