काठमाडौं । काठमाडौं उपत्यकामा आज विशेष चेकिङको क्रममा १५ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।

यी सवारी साधनहरूले यातायात व्यवस्था कार्यालयबाट जारी बाटो इजाजतपत्र (रुट परमिट) अनुसार आफ्नो गन्तव्यमा नजाई जथाभावी पार्किङ गरेकाले ट्राफिक व्यवस्थामा अवरोध आएको थियो। ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६०९२०ख अनुसार ती सवारीमाथि कारवाही गरेको छ।

प्रहरीका अनुसार नियम पालन नगर्दा सडकमा ट्राफिक जाम, दुर्घटना र अनावश्यक असुविधा बढ्ने भएकाले नागरिकहरूलाई नियम पालना गर्न सचेत रहन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय