काठमाडौ । देशभर बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ११२ जनाले ज्यान गुमाएका छन् ।
भारी वर्षापछि आएको विपद्मा ६८ जना बेपत्ता छन् भने १ सय जना घाइते भएका छन् । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा शनिबार भएको जनाएको छ ।



काठमाडौं उपत्यकामा मात्रै ४८ जनाले ज्यान गुमाएका छन् । काठमाडौंमा २५, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।



