काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ ले गोदाममा बसपार्क राख्नको लागि नारायणी बस व्यवसायी संघलाई आग्रह गरेको छ ।

गोदामबाट चित्लाङ हुँदै पालुङ आवतजावत गर्न र मकवानपुरबाट आएका यात्रु गोदाम हुँदै काठमाडौं उपत्यका जान सहज हुने भएकोले वडाले नारायणी बस व्यवसायी संघलाई गोदाममा बसपार्क राख्न आग्रह गरेको हो । वडाले पत्रमा गोदाममा बसर्पाक राख्दा गोदामबाट चित्लाङ, पालुङका स्थानीयलाई आवतजावत गर्न सहज हुने, लोकल गाडी चल्न सहज हुने, थानकोट प्राथमिक अस्पतालमा आवतजावत गर्न विरामीलाई यातायातको सुविधा हुने तथा बजार व्यवस्थापन गर्न समेत सहज पुग्ने भएको भन्दै स्थानीयको मागबमोजिम गोदामचोकमा बसपार्क राख्न उपयुक्त रहेको वडाको भनाइ छ ।

हाल चित्लाङ काठमाडौं चल्ने बसको बसपार्क कलंकीमा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय