काठमाडौं ।  पूरानालाई विस्थापित नयाँलाई स्थापित नारा बोकेर प्रतिनिधि सभामा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चै नै नयाँ अभ्यास थालेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा करिव दुई तिहाई बहुमत पाएको रास्वपाका निर्वाचित उम्मेदवारहरुले अहिले आ–आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद कार्यक्रम गर्न थालेका छन् ।

यसैक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं. १० का नवनिर्वाचित सांसद् तथा राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं जिल्ला सभापति प्रदिप विष्ट शनिबार चन्द्रागिरि नगरपालिका वडा नं. ६ र ७ मा आयोजित धन्यवाद् ज्ञापन सभामा सहभागी भएका छन् ।
रास्वपा चन्द्रागिरि नगर कमिटी र स्थानीय इकाई कमिटीहरूको आयोजनामा भएको कार्यक्रममा सहभागी स्थानीयवासीहरुले आफ्ना क्षेत्रका विभिन्न समस्या, विकासका आवश्यकता तथा जनचासोका विषयहरू राखेका थिए । स्थानीयको गुनासो सुनेपछि विष्टले सबै समस्या तथा सुझावहरू आफूले ‘नोट’ गरेको र विषयलाई सम्बन्धित निकायसम्म पु¥याएर समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचन जितेर आफ्नो क्षेत्रमा नफर्किने नेताहरूको व्यवहारलाई सामान्यतया राम्रो मानिँदैन । लोकतन्त्रमा जनताले प्रतिनिधि छानेको मुख्य उद्देश्य नै आफ्नो समस्या, आवश्यकता र जनआवाज संसद् तथा राज्यका निकायसम्म बुलन्दरुपमा पु¥याउनु हो । यदि निर्वाचित प्रतिनिधि नै जनतासँग सम्पर्कमा रहँदैनन् भने त्यो प्रतिनिधित्वको मूल भावना कमजोर हुन्छ ।

अन्ततः, राम्रो प्रतिनिधि भनेको संसद् र जनता—दुवैसँग सन्तुलित रूपमा जोडिएको व्यक्ति हो । नियमित भेटघाट, जनसुनुवाइ, र समस्या समाधानको पहल गर्ने नेताले नै दीर्घकालीन विश्वास जित्न सक्छन् । निर्वाचन जितेर आफ्नै क्षेत्रमै नफर्कने पूराना जनप्रतिनिधिहरुलाई यस्तो विषय एउटा पाठ पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय