काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदिप विष्टको चुनावी अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
समितिमा विभिन्न पेशा, क्षेत्र तथा समुदायका प्रतिनिधिहरूलाई समेट्दै समावेशी ढंगले संरचना तयार गरिएको रास्वपाले जनाएको छ । परिचालन समितिको संयोजकमा रामराजा थापा रहेका छन् भने सूचना संचार तथा कार्यक्रम संयोजनको जिम्मा मधुकर बस्नेतलाई दिइएको छ ।

परिचालन समितिले घरदैलो अभियान, मतदाता भेटघाट, सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार, चुनावी कार्यक्रम व्यवस्थापन तथा स्वयंसेवक परिचालनजस्ता कार्यको समन्वय गर्नेछ । समिति घोषणा कार्यक्रममा रास्वपा उम्मेदवार विष्टले पुरानो राजनीतिक अभ्यासभन्दा फरक, नागरिक सहभागितामूलक र पारदर्शी अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्य लिएको बताएका छन् । समितिको पहिलो बैठकले आगामी दिनमा चरणबद्ध रूपमा घरदैलो कार्यक्रम, टोलस्तरीय छलफल तथा युवामुखी संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

काठमाडौं–१० मा यसपटक विभिन्न दलबीच प्रतिस्पर्धा चर्किँदै गएको अवस्थामा रास्वपाले परिचालन समिति गठनसँगै आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ । समितिले निर्वाचन परिचालन कार्यतालिका बनाई आन्तरिक सर्कुलर समेत गरेको छ ।

यस्तो छ कार्यसूचि

कार्यसूची

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय