काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताउनुभएको छ । शनिबार बिहान पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरेपछि सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री गुरुङले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताउनुभएको हो ।



“PROMISE IS A PROMISE “ कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ’, उहाँले लेख्नुभएको छ, ‘‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’’
उहाँले अब देशले नयाँ दिशा दिने पनि बताउनुभएको छ ।



